
एजेन्सी । भारतमा क्रिप्टोकरन्सीलाई कानुनी मान्यता नदिने स्पष्ट पारेको छ । भारतमा क्रिप्टोकरन्सीमा हजारौ करोड लगानी गरिरहेका लगानीकर्ताको लागि ठूलो झटका लाग्ने भएको छ ।
केन्द्रीय वित्त सचिव टिभी सोमनाथनले बिहीबार भने, “अहिलेको लागि म यति मात्र भन्न सक्छु क्रिप्टोकरेन्सीहरूलाई कानूनी टेन्डरको स्थिति दिइने छैन । सुन र चाँदीको पनि कानुनी मुद्रा छैन। अन्य विषयमा विधेयकले निर्णय गर्नेछ ।
भारतमा गरिएको एक सर्वेक्षणमा ७१ प्रतिशत भारतीयलाई अन्तर्राष्ट्रिय क्रिप्टोकरेन्सीमा पूर्ण विश्वास नभएको रिपोर्ट बाहिर आएको थियो । जबकि ५१ प्रतिशत जनता भने भारतमा डिजिटल करेन्सीको पक्षमा रहेको देखाएको छ ।
उही समयमा, ५४ प्रतिशत भारतीयहरूले भने क्रिप्टोकरन्सीलाई वैधानिकीकरण गर्न चाहदैनन । तर, यसलाई विदेशी डिजिटल सम्पत्ति जस्तै कर लगाउनु भन्ने धारणा भने उनीहरुमा रहेको छ । जबकि २६ प्रतिशत जनता क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिन पर्ने बताउछन् । अनि त्यसमा कर लगाउनु भन्ने धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस