
काठमाडाैं । बन विभागले योजना बनाएर भक्तपुरको सूर्यविनायकमा बन्न लागेको अन्तराष्ट्रिय स्तरको चिडियाखानाको लागि फाइल वन तथा वातावरण मन्त्रालयमा पठाएको छ । योजना आयोगबाट स्वीकृत नभएका कारण काम । रोकिएको उनको भनाई छ ।
जावलाखेलमा रहेको सदर चिडीयाखाना साघुँरो भएका कारण जीव जनावर राख्नको लागि नयाँ र आधुनिक किसिमको नयाँ चिडियाखाना निमार्ण गर्ने योजनाले तिब्रता पाउन सेकेकोे छैन । भक्तपुरमा ३ वर्ष अगाडि नै प्रधानमन्त्री के पि शर्मा ओलिले शिल्यान्यास गरे पनि निमार्ण कार्यले गति लिन सकेको छैन ।
भक्तपुरको सूर्यविनायकमा बन्न लागेको अन्तराष्ट्रिय स्तरको चिडियाखानाको लागि ६ अर्ब लाग्ने अनुमान गरेको छ । ठुलो लगानीमा १ वर्षमै नै चिडियाखाना निमार्ण गर्ने भनिए पनि हाल सम्म योजना स्वकृत हुन सकेको छैन् ।
सरकारले चिडियाखाना निमार्णको लागि ७५/७६ मा ७ करोड १७ लाख र ७६/७७ मा १० करोड रूपैया बजेट छुट्याउदै आएको राष्ट्रिय निकुञ्ज बन्यजन्तु संरक्षणका सुचना अधिकारी विष्णु प्रसाद श्रेष्ठले बताए ।
श्रेष्ठको अनुसार विभागले योजना बनाएर वन तथा वातावरण मन्त्रालयमा पठाएको छ । योजना आयोगबाट स्वीकृत नभएका कारण काम । रोकिएको उनको भनाई छ ।
हाल भैरहेको जाउलाखेलमा ६ हेक्टरको जमिनमा बन्यजन्तुले राम्रो संग घुमफिर गरेर बस्न नपाएका छैनन् जिवजन्तुहरू प्राकृतिक बातावरणमा रमाउने भएकाले उक्त चिडियाखानालाई भक्तपुरमा सार्न लागेको हो ।
भक्तपुरमा २४५ हेक्टर जमिनमा नेपालमा भएका सबै वन्यजन्तु राख्ने र विदेशमा भएका महत्वपूर्ण जिवजन्तुहरूलाई पनि समावेश गर्ने श्रेष्ठले जानकारी दिए ।
भक्तपुरमा बनाउन लागिएको चिडियाखाना कुन जनावर कता फर्केर सुत्ने, कता फर्केर उठ्ने, उ बस्नको लागि कति ठाउँको आवश्यक पर्छ । भन्ने मास्टर प्लान बनाएर अगाडि बढेको श्रेष्ठको भनाइ छ ।
प्रत्यक प्रदेशमा चिडियाखाना
नेपाल सरकारले प्रत्येक प्रदेशमा एउटा एउटा चिडियाखाना बनाउने योजना ल्याएको छ । तनहुँमा भानुभक्त प्रणाली उद्यम बनाउने भनेर मास्टर प्लानको योजनामा पुगेको छ । त्यस्तै दाङ र रौतहटमा पनि चिडियाखाना बनाउनको लागि अध्यन भैरहेको छ । भने प्रदेश ५ ले बुटवलमा अध्ययन गराएको छ, केन्द्रिय सरकारले दाङमा र प्रदेश सरकारले पोखरामा चिडियाखाना बनाउन लागिएको छ ।
चिडियाखाना बन्न अझै १० वर्ष लाग्ने
भक्तपुरमा निमार्ण गर्न लागिएको अन्तराष्ट्रिय स्तरको चिडियाखाना बन्न अझै १० वर्ष लाग्ने श्रेष्ठले जानकारी दिए । श्रेष्ठको अनुसार योजना स्वीकृत भए पछि निमार्ण कार्यको लागि १० वर्ष लाग्ने बताए । ५ वर्षमा आधि काम गर्ने र अर्को ५ वर्षमा पुरा काम गर्ने उनले बताए ।
योजना आयोग विभागले बनाएको योजनाको ढाँचा अनुसार चिडियाखाना बनाउने कि परिवर्तन गर्नुपर्ने हो भन्ने बारेमा छिट्टै निर्णय लिन नसकेको कारणले गर्दा निमार्ण कार्यमा ढिलाई भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस