aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

सर्वाजनिक यातायातका लागि बजारमा आउन लागेका विद्युतीय गाडीहरुको विशेषता यस्तो छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ मंसिर २०७८
सर्वाजनिक यातायातका लागि बजारमा आउन लागेका विद्युतीय गाडीहरुको विशेषता यस्तो छ

एजेन्सी । विद्युतीय सवारी साधनले बिस्तारै सडकलाई ओगट्न थालेका छन् । पेट्रोल र डिजेलको बढ्दो मूल्यको बीचमा सार्वजनिक सवारीका साधानहरु पनि विद्युतीय आउन थालेका छन् । ग्लोबल वार्मिङका कारण बढ्दो प्रदूषणबाट पनि राहत दिने अपेक्षा गरिएको छ । यो प्रयासलाई एक कदम अगाडी बढाउँदै विद्युतीय बसहरू पनि ल्याएको छ र नेपालको सडकहरूमा विद्युतीय बसहरू चल्न थालेका छन् ।

टाटा मोटर्सले आफ्नो टाटा स्टारबस अर्बन ९÷१२ मिटर एसी बसको साथ विद्युतीय बस बजार ल्याएको छ । यो एक प्राविधिक रूपमा उन्नत गाडी हो जुन १८६ केडब्लूएच एल आइपीएन ब्याट्री जडान गरिएको छ जसले न्यूनतम १४५ केडब्लूको शक्ति र २४५ केडब्लूको अधिकतम शक्ति उत्पादन गर्ने गरेको कम्पनीले दावी गरेको छ ।  

 यसले एक पटक चार्जमा १५० किलोमिटरको रेन्जसम्म माइलेज दिन्छ । यसमा जडान गरिएको रिजेनरेटिङ ब्रेकिङ सिस्टमले गाडीको क्षमता बढाउँछ । टाटा स्टारबस अर्बन ९÷१२ मिटर एसी बसको उच्च गति ७५ किलोमिटर प्रतिघण्टा माइलेज दिने गरेको कम्पनीको दावी रहेको छ ।

अशोक लेल्याण्ड व्यापारिक सवारी साधन उद्योगमा एक नाम हो । अशोक लेल्याण्ड सर्किट इलेक्ट्रिक बस ५०० किलोवाट ब्याट्रीद्वारा चल्ने गाडी निर्माण गरेको  छ जसले एक पटक चार्जमा ५० किलोमिटरको माइलेज दिन्छ । यो बसमा ब्याट्री स्व्याप गर्ने छिटो प्रविधिको छ । यसको मद्दतले सहरको जुनसुकै सन मोबाइल ब्याट्री स्टेशनमा २ मिनेटभित्रै ब्याट्री परिवर्तन गर्न सकिन्छ । बसमा ३० भन्दा बढी यात्रु बस्न सक्छन् ।

जेबीएम इलेक्ट्रिक बस १०० प्रतिशत इलेक्ट्रिक बस हो । बसमा लिथियम–आयन ब्याट्री जडान गरिएको छ जसले एक पटक चार्ज गर्दा करिब २५० किलोमिटरको राम्रो रेन्ज दिने दावी गरिएको छ । बसमा विद्युतीय मोटर छ जसले ८० देखि १६० केडब्लूएच पावर उत्पादन गर्छ ।  छिटो चार्जिङबाट फुल चार्ज हुन २ देखि ३ घण्टा लाग्छ । यो बसमा सीसीटीभी क्यामेरा, स्टप रिक्वेस्ट बटन, आपतकालिनका लागि प्यानिक बटन जस्ता सुविधाहरू छन् ।

ओलेक्ट्रा ग्रीनटेक लिमिटेडले यो ७ मिटरको इलेक्ट्रिक मिनीबस २०१८ मा लन्च गरेको थियो । इबीबज के६ एलयुएक्स इ ले १८० केडब्लूएन वापार दिन्छ । जसले १८०० एनएमसम्मको टर्क जेनेरेट गर्छ ।  यो बसले एक पटक चार्जमा अधिकतम २०० किलोमिटरसम्म माइलेज दिन्छ । यस बसमा रिजेनरेटिङ ब्रेकिङ सिस्टम उपलब्ध छ । जसले गाडीको दायरा पनि बढाउँछ । यसको उच्च गति ८० किलोमिटर प्रति घण्टा छ । ब्याट्री छिटो चार्ज हुनका साथै ३–४ घण्टामा पूर्ण चार्ज गर्न सकिन्छ ।
 

प्रतिक्रिया दिनुहोस