
काठमाडौं । विश्व समुदायलाई साम्राज्यवादको उपनिवेशको विरुद्ध लड्न अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आह्वान गरेका छन् । स्पेनको मालागास्थित दोश्रो अन्तराष्ट्रिय युथ फोरम अप सोलिडायरेटी 2nd international youth forum of solidarity स्पेनिश युथ काउन्सिलको सम्मेलनमा नेपालको तर्फबाट अनेरास्ववियूका केन्द्रिय अध्यक्ष पराजुलीले विश्वभरका साम्राज्यवाद र त्यसको उपनिवेशहरुको बाकी अवशेषहरुलाइ समेत समाप्त पार्नका लागि विश्वभरका युथहरुले अभियान जारी राख्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।
अध्यक्ष पराजुलीको नेतृत्वमा उपाध्यक्ष सुदिप शर्मा,उपमहासचिब मेघनाथ चापागाई र स्थायी समिति सदस्य पंकज कर्ण सहभागी भएका छन्। विश्वका ५० देशबाट १ सय ४० भन्दा बढी प्रतिनिधिहरु सहभागी भएको उक्त सम्मेलनमा नेकपा एकिकृत समाजवादी पार्टीको टिसर्ट र संगठनको मास्क समेत वितरण गरिएको उपाध्यक्ष सुदिप शर्माले बताए ।
अफ्रिका, जापान, कोरिया, जर्मनी, अमेरिका, ब्राजिल, मेक्सिको र रसिया लगाएत देशका युवा विद्यार्थीहरुको संघ संगठनहरुको प्रतिनिधित्व रहेको छ । साम्राज्यवाद ,उपनिवेशवाद विरुद्ध समानता स्वतन्त्रताको पक्षमा विश्व समुदायमा ऐक्यबद्धता जनाउने प्रतिवद्धता समेत ब्यक्त गरेको अध्यक्ष पराजुलीले बताए ।
उक्त सम्मेलन स्पेनको मालागा राज्यमा नोभेम्बर २६ देखि २८ सम्म चल्नेछ । नेकपा एकिकृत समाजबादि निकट बिध्यार्थी संगठन अनेरास्ववियूको टोलि युरोपका विभिन्न देशमा रहेका पार्टी निकट प्रवासी नेपाली एकता मंञ्चका नेताहरुसंग भेटघाट र संगठन बिस्तार गर्ने कार्यक्रम समेत रहेको उपाध्यक्ष सुदिप शर्माले जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस