
नेकपा ९क्रान्तिकारी माओवादी० का नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैनिक मुख्यालयमा डेरा सार्न सुझाव दिएका छन् ।
काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा गजुरेलले भने, ‘बालुवाटारको हेडक्वार्टर सुरक्षित नभए प्रधानमन्त्री ओलीले भद्रकालीस्थित सेनाको हेडक्वार्टरमा गएर सरे हुन्छ, तर राजनीतिक पार्टीमाथि प्रतिबन्ध लगाउने काम गर्नु हुँदैन । यो गलत छ ।’
उनले सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई असुरक्षा भए सुरक्षाकर्मी अझै थप्न सुझाव पनि थिए ।
गजुरेलले ओली नेतृत्वको सरकारविरुद्ध अर्को सशक्त आन्दोलन गर्नुपर्ने बेला आइसकेको बताए । उनले सरकार र विप्लव नेकपाबीचको वार्तालाई लिएर नेपाली जनता द्विविधामा रहेका बताए ।
दुवै पक्षबाट वार्तालाई लिएर वक्तव्य आएका छन् । तर जनता भने पुरै कन्फ्युजनमा रहेको खबर आजको नागरिक दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस