
एजेन्सी । अदानी समूहका मालिक गौतम अडानीले एसियाकै धनी व्यापारी बन्ने सुनौलो अवसर गुमाएका छन् । यो अवसर उनलाई गत हप्ता आएको थियो । अब गौतम अडानीको सम्पत्ति मुकेश अम्बानीको भन्दा १३ अर्ब डलरले घटेको छ ।
आज रिलायन्स इन्डस्ट्रिजको शेयर ३ प्रतिशतले बढेर दुई हजार ४७१ रुपैयाँ भारु पुगेको छ । यसको मार्केट क्याप आज १५.६९ लाख करोड रुपैयाँ पुगेको छ । जबकि अदानी समूहको धेरै शेयर आज लोअर सर्किटमा वा गिरावट भएर बन्द भएको छ ।
अदानी समूहका ६ सूचिकृत कम्पनीहरूको मार्केट क्याप आज ९.६१ लाख करोड रुपैयाँ अर्थात् रिलायन्सको मार्केट क्यापभन्दा करिब ६ लाख करोड रुपैयाँ कम छ । जहाँ नोभेम्बर २५ मा रिलायन्सको मार्केट क्याप १४.९९ लाख करोड रुपैयाँ भारु थियो र अदानीको कम्पनीहरूको १० लाख करोड रुपैयाँ थियो । ब्लूमबर्गको बिलियनेयर्स इन्डेक्सका अनुसार शुक्रबारसम्म मुकेश अम्बानीको कुल सम्पत्ति ९१.१ बिलियन डलर रहेको देखाएको छ ।
प्रतिक्रिया दिनुहोस