aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

ऋणमा देश चल्दै, आन्तरिक ऋण मात्रै ८०० अर्ब ३२ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ मंसिर २०७८
ऋणमा देश चल्दै, आन्तरिक ऋण मात्रै ८०० अर्ब ३२ करोड

काठमाडौं । नेपाल सरकारको कुल आन्तरिक ऋण दायित्व आर्थिक वर्ष २०७७/७८ मा ८०० अर्ब ३२ करोड एक लाख रुपैयाँ पुगेको  छ ।  आर्थिक वर्ष २०७६/७७ मा  ६१३ अर्ब २१ करोड २० लाख रुपैयाँ रहेको रहेको थियो ।  ट्रेजरी विल, विकास ऋणपत्र मार्फत् उठाइएको रकम सोही अवधिमा भुक्तानी भएको रकमभन्दा बढी रहेकोले यी बचतपत्रको परिमाण गत वर्षको तुलनामा बढेको छ सोमबार राष्ट्र बैंकले जारी गरेको वार्षिक वित्तीय विवरणमा उल्लेख छ । 

आर्थिक वर्ष २०७७/७८ मा नेपाल राष्ट्र बैंकको स्वामित्वमा रहेका सरकारी ऋणपत्रमध्ये विकास ऋणपत्रको अंश अन्य बचतपत्रको भन्दा उच्च रहेको छ । २०७८ असार मसान्तमा नेपाल राष्ट्र बैंकको स्वामित्वमा  १५ अर्ब ४७ करोड ३० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल्स रहेको छ । त्यस्तै, ४१ अर्ब १२ करोड ९० लाख बराबरको विकास ऋणपत्र,  १८ करोड १० लाख रुपैयाँ बराबरको नागरिक बचतपत्र रहेको छ । 

त्यस्तै, ३० लाख बराबरको नेपाल राष्ट्र बैंकको कामकारबाही वैदेशिक रोजगार बचतपत्र रहेको छ । यस आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकको स्वामित्वमा रहेका सरकारी ऋणपत्र रकम गत आर्थिक वर्षको तुलनामा १५ प्रतिशतले घटेको छ ।

त्यस्तै, हाल बजारमा देखिएको तरलता अभाव पूर्ति गर्नका लागि आर्थिक वर्ष २०७७÷७८ मा रिभर्स रिपोमार्फत १०९ अर्ब ५४ करोड, नियमित प्रकारको निक्षेप संकलन मार्फत १९३ अर्ब, ७५ करोड गरी कुल  ३०३ अर्ब २९ करोड (टर्न ओभरको आधारमा) तरलता प्रशोचन गरिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।  

प्रतिक्रिया दिनुहोस