aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

क्यासिनोको कामको लोभमा कम्बोडियामा अलपत्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ साउन २०७६
क्यासिनोको कामको लोभमा कम्बोडियामा अलपत्र

कम्बोडिया पुगेका छ नेपाली अलपत्र परेका छन् । क्यासिनोमा आकर्षक तलबमा काम लगाइदिने प्रलोभनमा दलालमार्फत त्यहाँ पुगेका तनहुँ ऋषिङका पाँचसहित छ जना कम्बोडियामा अलपत्र परेका हुन् । उनीहरू सीमावर्ती सहर सिमापारीका नेपाली मूलको आश्रममा छन् ।

दलालको प्रलोभनमा परेर कम्बोडिया जानेमा ऋृषिङ गैह्राथोकका जंगबहादुर थापा, मचदाङका रेशम थापा, चैनपुरका धनबहादुर राना र चालिसेका गोपाल थापासँगै काभ्रेपलाञ्चोक महादेवस्थानका विनोद खरेल छन् ।

सिमपिमा एक रात बसेका उनीहरुसँग एजेट गुरूङले क्यासिनोमा सेक्युरिटी गार्डमा मासिक ९ सय ७० डलरमा काम लगानउ सम्झौता गराएका थिए । गुरूङ भोलिपल्टै बेपत्ता भएपछि युवाले आफु ठगिएको थाहा पाएको खबर आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस