aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

भारतमा डिजिटल करेन्सी लन्चको तयारी, आरबीआई ऐन संशोधन गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ मंसिर २०७८
भारतमा डिजिटल करेन्सी लन्चको तयारी, आरबीआई ऐन संशोधन गर्दै

नयाँ दिल्ली । भारतीय रिजर्भ बैंक (आरबीआई) ले भारतमा डिजिटल मुद्रा ल्याउन सरकारलाई प्रस्ताव गरेको छ । केन्द्रीय बैंक डिजिटल मुद्रा शुरु गर्न भारतीय रिजर्व बैंकले आफ्नो ऐन १९३४ लाई संशोधन गर्न आवश्यक रहेको भनेर सरकार समक्ष प्रस्ताव गरेको हो । 

रिजर्भ बैंकको यो प्रस्तावमा बैंक नोटको परिभाषाको दायरा फराकिलो बनाउने कुरा गरिएको छ । केन्द्रीय बैंकले मुद्रालाई डिजिटल रूपमा स्वीकार गर्न सिफारिस गरेको छ। रिजर्भ बैंकले लामो समयदेखि केन्द्रीय बैंकलाई कुनै अवरोधविना कसरी चरणबद्ध रुपमा अघि बढाउने भन्ने तयारी गरिरहेको थियो ।

केन्द्रीय बैंकको डिजिटल मुद्रा सञ्चालनमा आएपछि धेरै फाइदा हुने विश्वास गरिएको छ । यसले नगदमाथिको निर्भरता घटाउने मात्रै नभई पारदर्शितालाई पनि प्रवर्द्धन गर्ने, डिजिटल मुद्रा सिर्जना गर्दा सरकारले नगद छाप्ने खर्चबाट पनि छुटकारा पाउने साथै जोखिम पनि कम हुनेछ ।

प्रतिक्रिया दिनुहोस