aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

बालुवाटारको केकले फेरी बढायो सम्बन्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ साउन २०७६
बालुवाटारको केकले फेरी बढायो सम्बन्ध

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टी अध्यक्ष केपी शर्मा ओली र वामदेव गौतमको सम्बन्ध नजिकिन थालेको छ ।

गत पुसमा सम्पन्न स्थायी समितिको बैठकमा गौतमले फरक मत राखेपछि बिग्रेको सम्बन्ध विस्तारै सुधार हुँदै आएको हो । गत असार २८ गते ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा गौतमको जन्मदिनसमेत मनाएका थिए ।

'फागुन २८ गते गौतमको जन्मदिन रहेछ, त्यसदिन प्रधानमन्त्रीज्युले उहाँको जन्मदिन सँगै मनाउने इच्छा व्यक्त गर्नुभयो र मिठाइ बाँडेर जन्मदिन मनाइएको थियो,’बालुवाटार स्रोतले भन्यो ।

पार्टी एकताको प्रक्रिया समेत अन्तिम चरणमा पुगेका बेला सचिवालय सदस्य समेत रहेका गौतमसँग प्रधानमन्त्री केपी शर्मा ओलीले निरन्तर संवाद गरिरहेका छन् ।

केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँटलाई अघि बढाउँदा पनि ओलीले गौतमसँग छलफल गरेका थिए । सुटुक्कै बालुवाटार पुग्ने गरेका गौतमसँग ओलीले पूर्वएमालेको भागमा परेको विभागीय प्रमुखहरुको जिम्मेवारीबारे समेत छलफल गरेका थिए ।आजको नागरिक दैनिकमा यो समाचार छ।

प्रतिक्रिया दिनुहोस