aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ मंसिर २०७८
कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

काठमाडौं। कर्णालीका वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका छन् । पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ताको नेतृत्व हस्तान्तरण गरेपछि कांग्रेस संसदीय दलका नेता शाही कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

संविधानमा मुख्यमन्त्रीले ३० दिन भित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।  तर, मुख्यमन्त्री शाहीले नियुक्त भएको २८औं दिनमा विश्वासको मत लिँन लाग्नु भएको हो । मुख्यमन्त्री शाहीको समर्थनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीसहित २१ जना सांसदको समर्थन रहेको छ ।कर्णाली प्रदेशसभामा हाल ३५ जना सांसद छन् ।

नेकपा (माओवादी केन्द्र) का १२, कांग्रेसको ६ र नेकपा (एकीकृत समाजवादी) का तीन सांसद छन् । यसैगरी उसको विपक्षमा नेकपा )एमाले) का १३ र राप्रपाका एक जना सांसद छन् । बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस