aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

राष्ट्रसंघले गर्यो यस्तो आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ साउन २०७६
राष्ट्रसंघले गर्यो यस्तो आग्रह

संयुक्त राष्ट्रसंघको ६ जना विशेष प्रतिवेदक (स्पेसल-यापोर्टर)ले राष्ट्रिय मानवअधिकार आयोगको प्रस्तावित विधेयकको क्षेत्राधिकार नघटाउन सरकारलाई आग्रह गरेको छ । 

अयोगको सिफरिस बाध्यकारी हुने भन्ने सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय कानूनको मान्यता विपरित सरकारले विधेयक बनाएको भन्दै उनीहरुले चासो देखाएका हुन् । 

जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका राजदूत मणिप्रसाद भट्टराईमार्फत उनीहरुले विधेयकका त्रुटी औंल्याउँदै हालै सरकारलाई असहमतिपत्र बुझाएका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस