
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन् । चितवनको सौराहामा भएको १०औं महाधिवेशनमा भएको मतदानमा ओलीले १८०८ मत पाएर अध्यक्ष पदमा विजयी भएका हुन् । यता डा. भीम रावलले २१३ मत पाएका छन् ।
नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा प्रतिस्पर्धी रावललाई भारी मतान्तरले हराउँदै अध्यक्षमा पुनः ओली निर्वाचित भएका हुन् । आज (मंगलबार) विहान ४ बजेदेखि सुरु भएको मतदान साढे ११ बजे सकिएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस