
एजेन्सी । ट्विटरको नयाँ सीईओ अब भारतीय मूलका पराग अग्रवाल हुने भएपछि भारतीयहरुको चर्चा चुलिएको छ । अब धेरै शीर्ष अमेरिकी टेक कम्पनीका सीईओहरू भारतीय मूलका व्यक्ति बनेका छन् । यसमा गुगलका सुन्दर पिचाई र माइक्रोसफ्टका सत्य नडेला पनि छन् ।
भारतीयहरूले ह्यान्डल गर्ने अमेरिकी प्राविधिक कम्पनीहरूको संयुक्त बजार मूल्य लगभग ५ ट्रिलियन अमेरिकी डलर छ । भारतको जीडीपी हाल २.७ ट्रिलियन डलर मात्रै छ । अर्थात् यो भारतीय अर्थतन्त्रभन्दा झण्डै दोब्बर ठूला कम्पनीमा भारतीय मुलका प्रमुख कार्यकारी अधिकृत बनेका छन ।
ट्विटरको प्रमुखमा पराग अग्रवाल अमेरिकी टेक कम्पनीको प्रमुख बन्नेमा पाँचौं भारतीय बनेका छन् । माइक्रोसफ्टका सीईओ सत्य नडेला, एडोबका शान्तनु नारायण, इन्टरनेशनल बिजनेस मेसिनका अरविन्द कृष्ण र अल्फाबेटका सुन्दर पिचाई अब ट्विटरको नयाँ हाक पराग पनि सामेल छन् ।
ब्लूमबर्गको रिपोर्ट अनुसार यी शीर्ष कम्पनीहरूको बजार मूल्य करिब ५ ट्रिलियन डलर छ । टेक बाहेक, भारतीय मूलका व्यक्तिहरू अन्य ठूला कम्पनीहरूमा काम गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस