aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

स्विडेनकी प्रथम महिला प्रधानमन्त्री एक सातामा दोस्रो पटक निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ मंसिर २०७८
स्विडेनकी प्रथम महिला प्रधानमन्त्री एक सातामा दोस्रो पटक निर्वाचित

स्टकहोम । स्विडेनकी पहिलो महिला प्रधानमन्त्री माग्डालेना अन्डेर्सन एक हप्तामा दुई पटक प्रधानमन्त्रीमा निर्वाचित भएकी छिन् । गत बुधबार पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएकी अन्डेर्सन मङ्गलबार दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन् । 

अघिल्लो पटक स्विडेनको संसद्ले उनलाई प्रधानमन्त्री बनाएको थियो । तर उनलाई समर्थन गरेका दलले समर्थन फिर्ता लिएपछि उनले एक दिनमै राजीनामा दिनु परेको थियो । समर्थन गरेका दलले समर्थन फिर्ता लिएपछि उनको बजेट संसद्बाट पारित नहुने भएपछि उनले राजीनामा दिएकी  थिइन। 

त्यसअघि अर्थमन्त्री रहेकी अन्डेर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृसमेत रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस