
नयाँ दिल्ली । दोस्रो त्रैमासिकमा भारतको अर्थतन्त्र ८.४ प्रतिशतको दरले बढेको छ । अर्थतन्त्रमा सुधार आउनुको सबैभन्दा ठूलो कारण उपभोग र लगानीमा भएको सुधार भएको जनाइएको छ । खोप, कम ब्याजदरका कारण पनि सेन्टीमेन्टमा सुधार देखिएको छ । यो लगातार चौथो त्रैमासिक जीडीपी वृद्धि दर सकारात्मक क्षेत्रमा रहेको छ ।
अक्टोबरमा ८ ठूला उद्योगको वृद्धि ७.५ प्रतिशत रहेको छ । यसमा सबैभन्दा बढी वृद्धि प्राकृतिक ग्यासको रहेको छ । जुन २५.८ प्रतिशतले वृद्धि रहेको छ । कोइला १४.६ प्रतिशत, रिफाइनरी उत्पादन १४.४ प्रतिशत र सिमेन्ट ११.३ प्रतिशतमा वृद्धि भयो । बिजुली, स्टिल र मलमा पनि वृद्धि भएको छ । कच्चा तेलको वृद्धि २.२ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस