aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

ओमिक्रोनको प्रभाव देखिन थाल्यो, हवाई भाडा १०० प्रतिशतसम्म बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ मंसिर २०७८
ओमिक्रोनको प्रभाव देखिन थाल्यो, हवाई भाडा १०० प्रतिशतसम्म बढ्यो

एजेन्सी । कोरोना भाइरसको नयाँ संस्करण ओमिक्रोनको प्रभाव विदेश यात्रामा पनि देखिएको छ । वायुसेवा कम्पनीहरूले धेरै अन्तर्राष्ट्रिय रुटमा हवाई भाडा बढाएका छन् । अमेरिका, बेलायत, युएई र क्यानडाजस्ता मुलुकको हवाई भाडा दोब्बरभन्दा बढी बढाएका छन ।

हवाई मार्गबाट ​​अन्तर्रा्ष्ट्रिय गन्तव्यमा जानेहरुको समस्या यहीं सकिएको छैन । ओमिक्रोन विरुद्धको सुरक्षाका लागि भारतको केन्द्र सरकारले लागू गरेको नयाँ दिशानिर्देश पनि मंगलबार मध्यरातबाट लागू गरेको छ। नयाँ निर्देशन कारण यात्रुले भारतका विमानस्थलमा ६ घण्टा कुर्नुपर्ने पनि हुनसक्छ ।

एनडीटीभीको रिपोर्ट अनुसार दिल्लीदेखि लन्डन उडान टिकटको दर करिब ६० हजार रुपैयाँ भारुबाट बढेर १.५ लाख रुपैयाँ भारु पुगेको छ । दिल्लीदेखि दुबईको हवाई भाडा झण्डै दोब्बर बढेर ३३ हजार रुपैयाँ पुगेको छ ।

यसअघि दिल्लीदेखि दुबईको राउण्ड ट्रिपको टिकट २० हजार रुपैयाँ लाग्थ्यो। दिल्लीदेखि अमेरिकाको राउन्ड ट्रिपको लागत पहिले ९० हजारदेखि १.२ लाख रुपैयाँ भारुसम्म लाग्थ्यो । यो बढेर अहिले करिब १.५ लाख पुगेको छ ।

शिकागो, वाशिंगटन डीसी र न्यूयोर्क शहरमा हवाई भाडामा १०० प्रतिशतले वृद्धि भएको छ। बिजनेस क्लासको टिकटको मूल्य दोब्बर बढेर ६ लाख पुगेको छ । दिल्लीदेखि टोरन्टोको हवाई भाडा करिब ८० हजार रुपैयाँबाट बढेर २.३७ लाख पुगेको छ ।

प्रतिक्रिया दिनुहोस