
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बल्खु र कालीमाटी तरकारी बजारका १९ तरकारी व्यवसायीलाई आर्थिक जरिवाना गरेको छ । अनुगमनका क्रममा थोक व्यापारीले खरिदबिक्री बिल देखाउन नसकेपछि अनुगमन स्थलमै जरिवाना गरिएको हो ।
‘व्यवसायीले बिलबिजक जारी नगरी चर्को मूल्य असुल्दै आएको पाइयो ।,’ विभागका अनुगमन शाखा निर्देशक शोभाकर रेग्मीले भने । विभागको टोलीले बल्खुमा ११ र कालीमाटीमा ८ तरकारी व्यापारीलाई अनुगमनस्थलमै पाँच हजारदेखि २० हजार रुपियाँसम्म जरिवाना गरेको हो ।
नयाँ ऐन अनुसार अनुगमन टोलीले सम्बन्धित ठाउँमै जरिवाना गर्न सक्ने व्यवस्था छ । अनुगमन अधिकृतलाई पाँच हजारदेखि तीन लाख रुपियाँसम्म आर्थिक जरिवाना गर्ने अधिकार दिएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस