aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नारायणीमा रेष्टुरेण्ट सहितको पानीजहाज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ साउन २०७६
नारायणीमा रेष्टुरेण्ट सहितको पानीजहाज

नारायणी नदीमा सञ्चालन गर्न चार महिनादेखि निर्माणधिन क्रुज (मिनी पानीजहाज) लाई नदीमा राखिएको छ ।

पानी बाहिर राखेर निर्माण गरिँदै आएको क्रुजको काम सकिएपछि पानीमा राखेर निर्माण सुरु गरिएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

चैतबाट जहाज निर्माण थालेको कम्पनीले पानीमा राखेपछि आउँदो दशैंमा सञ्चालन गर्ने तयारी गरेको छ ।

तीन सय जना अटाउन सक्ने क्षमताको सानो आकारको ‘पानीजहाज’ निर्माणका लागि १५ फिट गहिरो पोखरीमा बनाइएको छ ।

भरतपुर महानगरपालिका –१६, काभ्रेघाटमा बनाइँदै गरेको जहाज १०० फिट लम्बाई र २२ फिट चौडाईको रहेको निर्देशक कँडेलले जानकारी दिनुभएको खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस