aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

विश्वका चर्चित पाँच कम्पनीमा भारतीय महिला सिईओको चर्चा शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ मंसिर २०७८
विश्वका चर्चित पाँच कम्पनीमा भारतीय महिला सिईओको चर्चा शुरु

एजेन्सी । भारतीय मुका पराग अग्रवाल ट्विटरका सीईओ बनेदेखि नै विश्वका प्राविधिक कम्पनीहरूमा भारतीयहरुको चर्चा चुलिएको छ । विश्वका धेरै ठूला टेक कम्पनीका सीईओ भारतीय मूलका महिलाहरुको नाम पनि चर्चामा आउन थालेको छ । विश्वका ठूला आइटी कम्पनीहरुमा अहिले भारतीय मूलका ५ जना सफल महिलाको चर्चा शुरु भएको छ ।  

भिमियोका प्रमुख कार्यकारी अधिकृत अञ्जली सुद सन् २०१४ देखि कम्पनीसँग आवद्ध छिन् । उनी यस कम्पनीमा ग्लोबल मार्केटिङ हेडका रुपमा आबद्ध भएका थिइन । ३८ वर्षीया अञ्जली सुद अमेरिकाको फ्लिन्ट (मिशिगन) मा हुर्किएकी हुन् । उनका आमाबाबु विदेशी भारतीय नागरिक हुन् । 

फ्लेक्सकी सीईओ रेवती अद्वैती भारतमा हुर्किएकी महिला हुन । उनी उभर र क्याटालिष्टडट ओआरजी जस्ता कम्पनीहरूको बोर्डमा स्वतन्त्र निर्देशक पनि छिन । उनले टुण्डरबर्ड स्कुल अफ ग्लोबल म्यानेजमेन्टबाट एमबीए गरेकी हुन ।

करिब ५५ वर्षकी रेवतीका बुबा एएन करिब ५५ वर्षकी रेवतीका बुबा एएन । स्वामी केमिकल इन्जिनियर थिए । भारतमा उनको परिवार बिहार, गुजरात, असम र तमिलनाडुमा बसेको छ । फ्लेक्स लि अमेरिका–सिंगापुरमा केन्द्रित इलेक्ट्रोनिक्सको अनुबंध निर्माण कम्पनी छन् । 

अरिस्ता नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जयश्री उल्लाल सन् २००८ मा यस पदमा नियुक्त भएकी थिइन् । यसअघि उनले एएमडी, फेयरचायल्ड सेमिकन्डक्टर र सिस्कोमा काम गरिसकेकी छिन् । उनले अमेरिकाको सान फ्रान्सिस्को स्टेट युनिभर्सिटीबाट इलेक्ट्रिकल इन्जिनियरिङमा बीटेक गरेका छिन् । उनले सान्ता क्लारा विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छिन् । अहिले ६० वर्षकी जयश्रीको जन्म लण्डनमा भए पनि उनको पढाइ दिल्लीमा नै भएका थियो ।

भारतीय मूलकी प्रिया लखानी सेन्चुरी टेककी संस्थापक र सीईओ हुन् । युके–केन्द्रित सेन्चुरी टेकले आर्टिफिसियल इन्टेलिजेन्समा आधारित सिकाइ प्रविधिको विकास र विकास गर्छ । यसमा शिक्षक, स्नायु वैज्ञानिक र प्राविधिकहरूको टोली छ । जसले विद्यालय र कलेजहरूको लागि एआई उपकरणहरू विकास निर्माण गर्दछ । प्रिया लखानीले मिडिया एण्ड ब्रोडकास्टिङ लमा एलएलएम गरेकी छिन् । यस बाहेक उनले न्यूयोर्क विश्वविद्यालयबाट मिडिया कानून र आमसञ्चारको कोर्स पनि गरेका छिन् । उनले लण्डनको क्वीन मेरी विश्वविद्यालयबाट कानून र अर्थशास्त्रमा बीए गरेका छिन् ।

मेटाबियोटा सीईओ नीता माधव पनि भारतीय मूलको एक प्रतिष्ठित महिला हुन् । मेटाबियोटाले सरकार र व्यवसायहरूलाई विश्वभरि संक्रामक रोगहरूको स्वास्थ्य र आर्थिक जोखिमहरू कम गर्न मद्दत गर्दछ । कम्पनीले यो काम डाटा साइन्स, विश्लेषणात्मक उपकरण आदि मार्फत गर्छ । नीता माधवले येल विश्वविद्यालयबाट इकोलोजी र इभोलुसनरी बायोलजीमा र एमोरी विश्वविद्यालयबाट पब्लिक हेल्थमा स्नातकोत्तर गरेका छिन् ।
 

प्रतिक्रिया दिनुहोस