aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

विश्वको महगो शहरमा सिंगापुरलाई उछिन्यौ इजरायलले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ मंसिर २०७८
विश्वको महगो शहरमा सिंगापुरलाई उछिन्यौ इजरायलले

एजेन्सी । इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले विश्वभरका शहरको जीवनयापनका आधारमा वर्गीकरण गरेको छ । यस वरियतामा इजरायलको तेल अभीभलाई विश्वको सबैभन्दा महँगो शहरको रूपमा वर्गिकरण गरिएको छ । संसारका अन्य शहरहरूको तुलनामा, यहाँ बस्ने लागत धेरै उच्च रहेको छ ।

अघिल्लो रिपोर्टको तुलनामा यस पटक तेल अभिभ पाँच स्थान माथि उक्लिएको छ । विश्वभरी जीवनयापनको लागत सूचकांक १७३ शहरमा वस्तु तथा सेवाको अमेरिकी डलरको मूल्यका आधारमा तुलना गरिएको हो ।

यस वरियतामा सिरियाको राजधानी दमास्कस बस्नका लागि संसारकै सस्तो सहरको रूपमा वर्णन गरिएको छ । सस्तो शहरको वरियतामा लिबियाको त्रिपोली, उज्वेकिस्तानको तास्कन्द, ट्युनिसियाको ट्युनिस, काजाकिस्तानको अल्माटी, पाकिस्तानको कराँची, भारतको अहमदाबाद, अल्जेरियाको अल्जियर्स, अर्जेन्टिनाको ब्युनोस आयर्स र जाम्बियाको लुसाका शहर पनि परेका छन् ।

यातायात र घरायसी सामानको मूल्यवृद्धिले यस्तो वर्गिकरण गरिएको  हो । पेरिस र सिंगापुर संयुक्त रूपमा वरियतामा दोस्रो स्थानमा छन् । पेरिस र सिंगापुर संयुक्त रूपमा वरियतामा दोस्रो स्थानमा छन् । त्यसपछि जुरिच र हङकङ छन् । योसँगै न्युयोर्क छैठौं, जेनेभा १ देखि १० सम्मको वरियतामा सातौं, कोपेनहेगन आठौं, लस एन्जलस नवौं र जापानको ओसाका सहर दशौं स्थानमा छ । गत वर्षको सर्वेक्षणमा पेरिस, जुरिच र हङकङ संयुक्त रूपमा पहिलो स्थानमा परेका छन ।

यस वर्षको तथ्याङ्क अगस्ट र सेप्टेम्बरको हो । जब विश्वभर दैनिक उपभोग्य वस्तु तथा वस्तुको मूल्यवृद्धि भएको थियो । स्थानीयका अनुसार स्थानीय मूल्यमा औसत ३.५ प्रतिशतले वृद्धि भएको छ । जुन पछिल्लो पाँच वर्षयताकै तीव्र मुद्रास्फीति दर हो । कोरोना भाइरसको महामारीका कारण लागू गरिएको प्रतिबन्धका कारण वस्तुको आपूर्ति अवरुद्ध भएका कारण  मूल्य बढेको  थियो ।
 

प्रतिक्रिया दिनुहोस