aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

काग्रेस प्रदेश सभापति उठ्न ९१ हजार शुल्क, अन्यको लागि कति शुल्क ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ मंसिर २०७८
काग्रेस प्रदेश सभापति उठ्न ९१ हजार शुल्क, अन्यको लागि कति शुल्क ?

पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेशको सभापति बन्नका लागि ९१ हजार रुपैयाँ शु्ल्क तिर्न पर्ने भएको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क तिर्नु पर्ने भएको हो  । गण्डकी प्रदेशको बिहीबार कांग्रेसको प्रदेश अधिवेशन हुँदै छ ।

उम्मेदवार दस्तुरबारे जानकारी दिन टाँगिएको ब्यानरमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क तिर्न पर्ने जनाएको छ । यस्तै उपसभापतिको उम्मेदवारले ६१ हजार, महामन्त्रीको उम्मेदवार ५१ हजार, सहमहामन्त्रीको उम्मेदवारले ४१ हजार र सदस्यको उम्मेदवारले ३१ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने उम्मेदवारी दस्तुरमा उल्लेख गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस