
काठमाडौँ । नेपाल होस्टल एसोसिएसन काठमाडौं जिल्ला कार्य समितिको निर्वाचनमा सुनिता लाकौलको प्यानल अत्याधिक मतले विजयी भएको छ।
काठमाडौं मा शनिबार सम्पन्न एसोसिएसनको पाँचौ जिल्ला साधारणसभाबाट लाकौल समुह निर्वाचित भएको हो। उक्त सभाको उद्दघाटन काठमाडौं महानगपालिकाका मेयर विद्या सुन्दर शाक्यले गरेका थिए।
उद्घाटन मन्तव्य राख्दै मेयर शाक्यले होस्टल व्यवसायलाई अझबढी सहज र मर्यादित बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। उनले भने, " यो व्यवसायले शैक्षिक उदेश्य लिएर काठमाडौं प्रवेश गरेका विद्यार्थीहरू लाई पुर्याएको सहयोग र सेवा प्रशंसनिय छ। त्यसैले पनि यसको व्यवशायिक सहजीकरणको लागी हामी तयार छौ।" उनले अगाडी थपे, " तर, यसलाई मर्यादित बनाउनु पनि उत्तिकै जरुरी छ।"
एसोसिएसनको काठमाडौं जिल्ला कार्य समिति अध्यक्ष रुपाली पौडेल गुरागाईं को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम लगत्तै शुरू भएको बन्द सत्र र निर्वाचनले नयाँ नेतृत्व चयन गरेको हो। सो सभालाई सम्बोधन गर्दै पौडेलले होस्टल व्यवसायलाई सम्मानित व्यवसायका रूपमा स्थापित गर्न आफूले विगत दुई वर्षदेखि निरन्तर रुपमा काम गरेको भएपनि अझै धेरै गर्न आवश्यक रहेको धारणा राखेकी थिइन्। " विगत दुई वर्षदेखि हामि ले विभिन्न स्थानिय सरकार देखी सुरक्षा निकायसँग गरेका सहकार्यले यो व्यवसायको पहिचान निर्माणका लागि ठूलो सहयोग पुर्याएको छ । तर, बाँकी रहेका कामहरू पनि धेरै नै छन् ।", उनको भनाई थियो।
प्रतिद्वन्दी प्यानलसँग भारी मतान्तरले विजयी लाकौल प्यानलको उपाध्यक्षमा राजु भुजेल रहेका छन्। त्यसैगरी सचिवमा नरेन्द्र बाहदुर बोहरा निर्विरोध निर्वाचित भएका थिए भने सहसचिव र कोषाध्क्षमा क्रमश: हिक्मत बहादुर थापा र चन्द्र प्रकाश मिश्र निर्विरोध भएका थिए।
त्यसैगरी सदस्यहरुमा कुसुम घिमिरे, भोजिन्द्र श्रेष्ठ, जया पौडेल र सत्या श्रेष्ठ विजयी भएका छन्। नयाँ कार्य समितिको कार्यकाल दुई वर्षको हुनेछ ।
प्रतिक्रिया दिनुहोस