aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

संसद अधिवेशन मंसिर २८ गते आह्वान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ मंसिर २०७८
संसद अधिवेशन मंसिर २८ गते आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन मंसिर २८ गतेलाई आह्वान गरेकी छिन् । विहीबार बसेको मन्त्रिपरिषदको बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपतिले अधिवेशन आह्वान गरेकी हुन् ।
 
राष्ट्रपति कार्यालयको विज्ञप्ति अनुसार मंसिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान भएको छ । राष्ट्रपतिले सरकारकै सिफारिसमा बुधबार मात्रै रेल्वेसम्बन्धीसहित ६ अध्यादेश जारी गरेकी थिइन् । संसद कयौ विधेयकहरु अल्झेका कारण काम अघि बढ्न सकेका छैनन । बैंक तथा वित्तीय संस्था ऐन लगायत धेरै ऐनहरु समेत संसदमा पेश हुन बाँकी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस