aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

राष्ट्रपतिबाट मङ्सिर २८ गतेका लागि संसद् अधिवेशन आह्वान

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, १७ मंसिर २०७८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्सिर २८ गतेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् । संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार तथा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार मङ्सिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान भएको हो ।

प्रतिक्रिया दिनुहोस