aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

महिलाको रहस्मय मृत्युपछि स्थानीय आन्दोलित, पथलीमा प्रहरीले गोली चलायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० बैशाख २०७६
महिलाको रहस्मय मृत्युपछि स्थानीय आन्दोलित, पथलीमा प्रहरीले गोली चलायो

 मोरङ, वैशाख १० । स्थानीय एक महिलाको हत्या प्रकरणमा प्रहरीले गम्भीरता नदेखाएको भन्दै मोरङका स्थानीयबासीले इलाका प्रहरी कार्यालय पथरीमा ढुंगामुडा गरेका छन् । स्थानीयएको आक्रोश बढ्दै गएपछि प्रहरीले तीन राउण्ड हवाई फायर गरेको बताइएको छ ।
पथरी शनिश्चरे–१ त्रिवेणीचोकमा कस्मेटिक पसल रिना बस्नेतको शनिबार रहस्यमय मृत्यु भएको घटनालाई प्रहरीले गम्भीर रुपमा अनुसन्धान नगरेको भन्दै स्थानीयबासी सडकमा उत्रिएका छन्।
स्थानीयबासीले नगरपालिका र उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी गर्नुका साथै सडक अवरुद्ध गरी प्रर्दशनसमेत  गर्दै आएका छन् । स्थानीयको चर्को विरोधपछि प्रहरीले मृतक बस्नेतसँग पटक–पटक टेलिफोन सम्पर्कमा रहँदै आएका सुन्दर हरैचा–३ का कमल नेपाललाई नियन्त्रणमा लिएको छ ।
 

प्रतिक्रिया दिनुहोस