aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

आइएमएफको उच्च पदमा भारतीय महिला पुगिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ मंसिर २०७८
आइएमएफको उच्च पदमा भारतीय महिला पुगिन

एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)मा भारतीय नागरिक उपप्रबन्ध निर्देशक (डीएमडी) नियुक्त भएकी छिन् । अर्थशास्त्री भारतीय नागरिक गीता गोपीनाथ उपप्रबन्ध निर्देशक (डीएमडी) बन्ने भएकी छन् । यस संस्थाको दुवै उच्च पदमा महिला रहने यो पहिलो पटक हुन । वर्तमानमा, क्रिस्टालिना जर्जिएभा यसको प्रमुख छिन । 

गीताले अर्को वर्ष राजीनामा दिने जेफ्री ओकामोटोको स्थान लिनेछिन् । गीता सन् २०१८ मा आईएमएफको मुख्य अर्थशास्त्री भइन् । उनी आफ्नो कार्यकालको अन्त्यमा हार्वर्ड फर्कने छिन ।  तर उनी अब हार्वर्ड छोडेर अन्तर्राष्ट्रिय मुद्रा कोषमा रहनेछिन् । उनले माघ २१ गतेबाट नयाँ जिम्मेवारी पाउनेछन् । उनी भारतको केरला निवासी हुन् । उनको नागरिकता अमेरिका र भारत दुवैको छ । 

गीता गोपीनाथलाई सुरुदेखि नै अर्थशास्त्रमा रुचि थियो। लेडी श्रीराम कलेज, दिल्ली विश्वविद्यालयबाट १९९२ मा अर्थशास्त्र सम्बन्धी पढेकी थिइन । उनले दिल्ली स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेकी छिन् ।  उनी वाशिंगटन विश्वविद्यालय पनि पढेकी छिन । १९९५ देखि २००१ सम्म, उनले यहाँको प्रिन्सटन विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरिन । 

 गीता गोपीनाथले सन् २००१ देखि २००५ सम्म शिकागो विश्वविद्यालयमा सहायक प्राध्यापकको रूपमा काम गरिन् । त्यसपछि उनी हार्वर्ड विश्वविद्यालयमा प्रोफेसर भइन् । उनले करिब ४० शोधपत्र पनि लेखेका छन् ।

पछिल्लो समय उनी एकपटक विवादमा पनि आएकी छिन् । गत वर्ष उनले अन्तर्वार्ता दिएका थिए । यसमा भारतलाई विश्व अर्थतन्त्रको पतनको लागि जिम्मेवार ठहराइएको थिइन । गीता गोपीनाथको यो अन्तर्वार्ताले भारतका विपक्षी दलहरूका लागि प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आक्रमण गर्न हतियारको काम गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस