aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल आउने पर्यटक कन्चुस !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ साउन २०७६
नेपाल आउने  पर्यटक कन्चुस !

नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि भएको देखिएपनि पर्यटकले नेपालमा रहँदा गर्ने दैनिक खर्च भने घटेको तथ्यांकले देखाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको नेपाल टुरिज्म स्टाटिस्टिक्स २०१८ का अनुसार सन् २०१७ मा एक पर्यटकले ५४ अमेरीकन डलर खर्च गरेकोमा त्यो घटेर सन्२०१८ मा ४४ अमेरिकन डलरमा सीमित भएको छ ।

सन् २०१८ मा १२ लाखले नेपाल भ्रमण गरेका थिए । विश्वब्यापी प्रचलन अनुसार १५ जनाको समुह आउँदा १ जनालाई हवाई टिकटदेखि  होटलमा समेत सहुलियत दिने प्रचलन छ। यसरीप्याकेजमा समुह आउँदा सेवा शुल्कमा धेरै तलमाथि हुने भएकोले समेत उनीहरुको खर्चमा कमीआउने जानकारहरुको भनाई छ। यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ। 

प्रतिक्रिया दिनुहोस