aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, १८ मंसिर २०७८
दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी


काठमाडौं । नेपालले भारत सरकारसँग करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । दुई देशका सरकार सरकारबीच सम्झौता गरेर मल खरिद गर्ने विषयमा कृषि तथा पशुपन्छी मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्राचार भएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए ।

उनका अनुसार सरकार जीटुजीमार्फत आगामी पाँच वर्षका लागि वार्षिक डेढ लाखदेखि दुई लाख मेट्रिक टनसम्म रासायनिक मल खरिदका खोजिरहेको छ । उनले भने, नेपाल सरकारले भारत सरकारलाई पठाएको पत्र स्वीकृतिको क्रममा रहेको बताउँदै प्रवक्ता सञ्जेलले पत्र स्वीकृत भएपछि दुई देशबीच छिट्टै हस्ताक्षर हुनेछ ।

प्रतिक्रिया दिनुहोस