aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भन्सारबाट भित्रिएनन् गाडी, सरकार दबाबमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ साउन २०७६
भन्सारबाट भित्रिएनन् गाडी, सरकार दबाबमा

सरकारले साउन १ देखि आन्तिरिक ढुवानीमा लागु गरेको भेहिकल कार्गो ट्रयाकिङ सिस्टम(भीसीटीएस) र मूल्य अभिबृद्घि कर भ्याट (भ्याट) मा अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्थाको विरोधमा यातायात र ढुवानी व्यवसायीले थालेको आन्दोलनका कारण देशभरको ढुवानी प्रभावित भएको छ ।

मुख्य नाका वीरगञ्जस्थित सुख्खा बन्दरगाहबाट ४ दिनदेखि एउटै गाडी बाहिरिएका छैनन् । अन्य भन्सार कार्यालयहरुबाट पनि अत्यन्तै न्यून ढुवानी भएको छ ।

व्यवसायीको आन्दोलनले ढुवानीका साधन उपलब्ध नहुँदा भारत र तेस्रो मुलुकबाट आएका औद्योगिक कच्चा पदार्थलगाउयत सामग्री वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा थुप्रिएको त्यसको सञ्चालक हिमालयन टर्मिनल प्रालिका वरिष्ठ अधिकृतत अनिमेश कुमारले बताए ।

बन्दरगाहमा शनिबारसम्म अड्किएका कन्टेनरको संख्या १ हजार २५० पुगेको छ । सामान्य अवस्थामा यो संख्या ४ सयभन्दा बढी हुँदैन । तेस्रो मुलुकबाट कोलकाता र विशाखापत्तनम् हुँदै आएका कन्टेनर ढुवानीका साधन उपलब्ध नहुँदा बन्दरगाहमा रोकिएको खबर आजको अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस