aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

गाईलाई सुत्केरी भत्ता !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ साउन २०७६
गाईलाई  सुत्केरी भत्ता !

ताप्लेजुङको सिदिङ्मा गाउँपालिकाले गाईको सुत्केरी भत्ता बापत कृषकलाई १० रूपियाँ प्रदान गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा ५२ वटा गाईको सुत्केरी भत्ता प्रदान गरिएको हो ।

प्रत्येक गाईधनीलाई जनही २० हजार रुपियाँका दरले भत्ता प्रदान गरिएको गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले जानकारी दिए । ‘५ हजार औषधिउपचार र १५ हजार गोठ सुधार गर्न दिएका हौं, ’ अध्यक्ष कडरियाले भने, ‘भत्ताको उद्देश्य दुग्धजन्य पदार्थमा आत्मनिर्भर गाउँपालिका बनाउनु हो ।’

अघिल्लो वर्ष २०७४/७५ मा ५१ वटा गाईको सुत्केरी भत्ता दिएको थियो । गत वर्ष पनि प्रत्येक गाईका लागि २० हजारका दरले नै प्रदान गरिएको उपाध्यक्ष जीवन ताम्लिङले बताए । गाउँपालिकाभित्रका ७ वटै वडाका कृषक कार्यक्रममा लाभान्वित छन् ।

भत्ता प्राप्त गर्न कम्तिमा २ वटा गाई वा भैंसी पालेको हुनुपर्ने, सुधारिएको गोठ हुनुपर्ने र घाँस व्यवस्थापन हुनुपर्ने प्रावधान छ । प्रत्येक गाई वा भैंसीको कम्तीमा ७ लिटर दुध हुनुपर्ने प्रावधान राखिएको खबर आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस