aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

७ वर्षको अन्तरालमा ३४ अर्ब रुपैयाँ कर फिर्ता

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • आइतबार, १९ मंसिर २०७८
७ वर्षको अन्तरालमा ३४ अर्ब रुपैयाँ कर फिर्ता

काठमाडौं । विगत ७ वर्षको आँकडा हेर्दा सरकारले करीब ३४ अर्ब रुपैयाँ कर फिर्ता गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार २०७१/७२ देखि २०७७/७८ सम्ममा करीब ५७ अर्ब ४९ करोड रुपैयाँको कर फिर्ताका लागि दाबी गरिए तापनि ३३ अर्ब ६९ करोड रुपैयाँ फिर्ता गर्नका लागि स्वीकृति दिइएको छ । विभागका अनुसार पछिल्ला वर्षहरूमा कर फिर्ताका लागि दाबी गर्नेहरू बढेका छन् ।

गत आर्थिक वर्ष २०७७/७८ को तथ्यांक मात्रै हेर्ने हो भने सो वर्षमा १९ अर्ब २४ करोड बराबरको कर फिर्ताका लागि १ हजार ५१८ ओटा दाबी परेकोमा १ हजार १२४ ओटा दाबीको ३ अर्ब ९५ करोड मात्रै फिर्ताका लागि विभागले स्वीकृति दिएको छ । बाँकी करीब १५ अर्ब २९ करोड रुपैयाँ कर फिर्ता दाबी भने विभागले अस्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस