
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री पदमा रेखा थापा पराजित भएकी छिन् । राजेन्द्र लिङ्देनको समूहबाट महिलातर्फको महामन्त्री पदमा उठेकी थापा पराजित भएकी हुन् ।
नायिका समेत रहेकी थापालाई पराजित गर्दै महामन्त्रीमा कुन्तीकुमारी शाही विजयी भएकी छिन् । आइतबार आएको मत परिणाम अनुसार शाहीले २००८ मत ल्याउँदा थापाले १६४० मत पाएकी थिईन ।
प्रतिक्रिया दिनुहोस