
काठमाडौँ । सरकारले संघीय राजधानीमा मेट्रो रेल्वे निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार पार्न कम्पनी छनोट प्रक्रिया अघि बढाएको छ ।
सम्भाव्यता अध्ययनबाट पहिलो चरणमा बूढानीलकण्ठदेखि सातदोबाटोसम्म २२ किलोमिटर लामो रेल्वे आर्थिक रूपमा फाइदाजनक हुने प्रतिवेदन आएपछि रेल विभागले डीपीआर तयार पार्न कम्पनी छनोट प्रक्रिया थालेको हो ।
विभागले डीपीआर तयार पार्न इच्छुक कम्पनीहरूसित प्रस्ताव ९आरएफपी० मागेको थियो । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार २० कम्पनीले प्रस्ताव ९आरएफपी० हालेका थिए । प्रस्तावकमध्येबाट मेट्रो रेल्वे निर्माणमा बढी अनुभव भएका ६ कम्पनी छनोट गरी विभागले उनीहरूसित डीपीआर तयार पार्नका लागि प्राविधिक र आर्थिक प्रस्ताव मागेको छ ।
ती कम्पनीको प्रस्ताव अध्ययनपछि साउन महिनाभित्रै उपयुक्त कम्पनी छनोट गरी डीपीआर निर्माण गर्न जिम्मा दिइने जानकारी मिश्रले दिए । डीपीआर तयार गर्न १२र१३ करोड रुपैयाँ लाग्ने अनुमान विभागको छ ।
‘साउनभित्र डीपीआर तयार पार्न ६ वटा कम्पनीमध्येबाट एउटा छनोट गरिसक्छौं,’ मिश्रले भने, ‘छनोट भएको कम्पनीले ढिलोमा डेढ वर्षभित्र डीपीआर तयार पार्नेछ ।’ डीपीआर तयार भएपछि संघीय राजधानीमा मेट्रो रेल्वे निर्माण प्रक्रिया अघि बढाउन बाटो खुल्नेछ । मिश्रका अनुसार बूढानीलकण्ठबाट महाराजगन्ज हुँदै चक्रपथै चक्रपथ सातदोबाटोसम्म रेल्वे बनाइनेछ ।
चोभार र वरपरका क्षेत्रमा काठमाडौंबाट तराई–मधेस जोड्ने निर्माणाधीन फास्ट ट्र्याकका लागि सुक्खा बन्दरगाह निर्माण गरिँदै छ । सुक्खा बन्दरगाहमा लाने र ल्याउने सामान तथा फास्ट ट्र्याकबाट आउजाउ गर्ने यात्रुलाई ध्यान दिई दोस्रो चरणमा सातदोबाटोदेखि चोभारसम्म मेट्रो रेल्वे निर्माण गर्ने योजना विभागले बनाएको खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस