aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

काग्रेस सभापतिहरुको कहा कसको कति मत आयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ मंसिर २०७८
काग्रेस सभापतिहरुको कहा कसको कति मत आयो

काठमाडौं । काग्रेस बागमती प्रदेशको सभापति इन्द्रबहादुर बानियाले अग्रता लिइरहेका छन् । उनले अर्का सभापतिका प्रत्यासी जगदीश्वर नरसिंह केसीभन्दा २ सय मतले अग्रता लिइरहेका छन् ।

 सभापति पदको १३०८ मत गन्दा सभापति बानियाँले ७०१ मत ल्याएका छन्  । केसीले ५९९ मत ल्याएका छन् । प्रदेश १ को सभापतिमा गुरुराज घिमिरेले अग्रता लिइरहेका छन। घिमिरेले ४४८ मत ल्याउदा उद्धव थापाले ४१९ मत पाएका छन् ।

नेपाली काँग्रेसको लुम्बिनी प्रदेश नेतृत्व चयनका लागि मतगणना जारी छ ।  वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका सभापतिका उम्मेदवार अमरसिंह पुनले अग्रता लिएका छन् । १ हजार ६३१ मत खसेकोमा ७३० को गणनामा पुनले ४०२ मतको अग्रता लिएका छन् । भरत शाहले ३२४ मत पाएका छन् । 

प्रतिक्रिया दिनुहोस