aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

वागमती प्रदेशको काग्रेस सभापतिमा इन्द्र बानिया विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ मंसिर २०७८
वागमती प्रदेशको काग्रेस सभापतिमा इन्द्र बानिया विजयी

काठमाडौं । काग्रेस बागमती प्रदेशको सभापति आइतबार भएको दोस्रो चरणको मतदानमा पनि इन्द्रबहादुर बानिया विजयी भएका छन् । १०८५ मत ल्याएर बागमती प्रदेश सभापतिमा विजयी बनेका छन। उनले निकटतम प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीले ९२७ मत ल्याएका छन। कुल खसेको २०२६ मतमध्ये १४ मत बदर भएको थियो । 

बानियाँलाई सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षको समर्थन थियो भने केसीको पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको समर्थन रहेको थियो । पहिलो चरणमा सिटौला समूहका भीमसेनदास प्रधान प्रतिस्पर्धामा थिए । 

पहिलो चरणको मत परिणाम अनुसार तेस्रो भएपछि प्रधानले पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका बानियालाई साथ दिएका थिए । प्रधानको साथ पाएपछि बानिया केसीलाई पराजित गरी नेपाली काँग्रेस बागमती प्रदेशको पहिलो सभापति बन्न सफल भएका छन् । 

बागमती प्रदेश काँग्रेस संसदीय दलका नेता बानियाँ मकवानपुर जिल्ला सभापति समेत छन् । २०७३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्री भएका बानिया २०७३ मा नै मन्त्रीपरिषद पनर्गठन हुँदा गृहराज्यमन्त्री समेत भइसकेका छन । 

प्रतिक्रिया दिनुहोस