
काठमाडौँ। नेपाली संचार माध्यममा एक नेपाली युवकको भारतमा जवर्जस्ती लिङ्ग परिवर्तन गराइएको समाचार व्यापक रुपमा आयो । किन उनलाई बाध्य पार्नेहरुले सहजै उनीमाथि त्यस्तो अपराध गरे भने लिङ्ग परिवर्तनको लागि ठुलो रकम खर्च गर्नु पर्दैन ।
भारतीय संचार माध्यमहरुमा उल्लेख भए अनुसार त्यहाँ अढाई/तीन लाख भारु अर्थात् बढीमा ५ लाख नेपाली रुपयाँ खर्च गर्दा लिङ्ग परिवर्तन हुन्छ । नयाँ नयाँ प्रविधिहरु बिकाश गरेर यसलाई अझै काम खर्चिलो बनाइदै छ। महिलालाई पुरुष बनाउने भन्दा पुरुषलाई महिला बनाउन सजिलो र त्यसपछी निजहरुलाई नृत्य लगायत अन्य काममा लगाएर आम्दानी लिन सकिने भएकाले पनि पुरुषलाई कब्जामा राखेर लिङ्ग परिवर्तन गराइएको पाइएको छ।
कुनै पनि महिलाले पुरुष बन्न चाहे भने उनीहरुले ३३ चरण पुरा गर्नु पर्छ जवकि जम्मा १८ चरणमा नै कुनैपनि पुरुष महिलामा परिणत हुनसक्छ । तर, त्यस्तो पुरुषले बच्चा जन्माउन भने सक्दैन । रिपोर्टहरुमा उल्लेख भएअनुसार सर्वप्रथम सन् १९३० मा जर्मनीमा एक पुरुषले आफ्नो लिङ्ग परिवर्तन गराएका थिए।
चिकित्सकहरुका अनुसार कुनै पुरुषलाई महिला बनाउन जम्मा ६ घन्टाको शल्यक्रिया नै काफी हुन्छ । पहिलो शय्क्रिया ४ घन्टामा सकिन्छ जसमा पुरुषको लिङ्ग छेदन गरि त्यहाँ योनिको स्वरुप दिइन्छ । त्यको १५/२० दिनपछि नै फेरि अर्को शल्यक्रिया मार्फत स्तन समेत बनाउन सकिन्छ । यो प्रक्रियामा शल्यक्रियाका अतिरिक्त महिलाका हर्मोनको इन्जेक्शन तथा औषधिको समेत प्रयोग गरिन्छ । तर, पुरै चरण पार गर्ने हो भने २/३ वर्ष समेत लाग्न सक्छ भने खर्च समेत धेरै नै हुन्छ।
निक्कै ठुलो मात्रामा भैरहेको लिङ्ग परिवर्तन वास्तबमा गैर कानुनी हो । नेपाल तथा भारत जस्ता देशमा यसबारे स्पष्ट कानुन बनेको छैन।
प्रतिक्रिया दिनुहोस