aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

अमेरिकी आइटी कम्पनीले एकैपटक ९०० कर्मचारी निकाल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० मंसिर २०७८
अमेरिकी आइटी कम्पनीले एकैपटक ९०० कर्मचारी निकाल्यो

एजेन्सी । अनलाइन हाउजिङ फाइनान्स सुविधा उपलब्ध गराउने अमेरिकी कम्पनी बेटरडट कमले एकै पटकमा ९०० भन्दा बढी कर्मचारीलाई निकालेको छ । जुम कलमा एकै समयमा यी व्यक्तिहरूलाई जागिरबाट हटाइएको हो । 

कोरोना संकटका कारण रोजगारीमा अभूतपूर्व संकट र नयाँ युद्ध र नयाँ भेरियन्ट ओमिक्रोनको खतरा बढिरहेको अवस्थामा स्टार्टअप कम्पनीले यो कदम चालेको हो । सीएनएन बिजनेस समाचारका अनुसार बेटर डट कमका सीईओ विशाल गर्गले गत हप्ता बुधबार यो कदम चालेका हुन् । समाचारका अनुसार त्यो जुम कलमा गर्गले भनेका छन्, ‘यदि तपाई यो कलमा हुनुहुन्छ भने तपाई ती अभागी व्यक्तिहरु मध्ये पर्नुहुन्छ जसलाई बर्खास्त गरिएको छ ।’

यद्यपि कम्पनीले गत साता मात्रै सम्झौता अन्तर्गत ७५ करोड डलर नगद प्राप्त गरेको छ । यससँगै कम्पनीको वासलातमा एक अर्ब डलरभन्दा बढी हुने कम्पनीले बताएको छ । गर्गले यी कर्मचारीले दिनमा दुई घण्टा मात्र काम गरेर सहकर्मी र ग्राहकलाई ठगी गरेको बताए । गर्ग पनि यस कम्पनीमा पहिला कर्मचारीसँगै थिए ।

प्रतिक्रिया दिनुहोस