
भक्तपुर । भक्तपुरको सूर्यविनायकबाट १० जनालाई जुवा खेलिरहेका अबस्थाबाट प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका ६ सूर्यविनायक बस्ने ५६ वर्षीय हरिबहादुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
१० जनालाई नगद १ लाख ३३ हजार ३ सय ५० रुपैयाँ, बिभिन्न बैंकहरुको ३४ लाख ३० हजार रुपैयाँ बराबरको चेक ६ थान, ६ बुक तास र तास खेल्न प्रयोग गरिने अन्य बिभिन्न सामानहरु सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस