
एजेन्सी । भारतका बैंकको निजीकरणको विरोधमा सार्वजनिक क्षेत्रका बैंकका कर्मचारीले यही महिना दुई दिने हडताल गर्ने भएका छन् । केन्द्रीय सरकारले बैंकको निजीकरणसम्बन्धी विधेयक संसदमा पेश गर्न लागेको विरोधमा बैंक कर्मचारी आन्दोलन गर्न लागेका हुन ।
संसदको हिउँदे अधिवेशनमा पेश हुन लागेको बैंकिङ कानून (संशोधन) विधेयक, २०२१ विरुद्ध युनाइटेड फोरम अफ बैंक युनियन (युएफबीयू)ले गत १६ र १७ डिसेम्बरमा हडताल गरेको थियो ।
समाचार एजेन्सीका अनुसार, अखिल भारतीय बैंक अफिसर्स कन्फेडेरेसन (एआईबीओसी) का महासचिव सञ्जय दासले सार्वजनिक क्षेत्रका बैंकहरूको निजीकरणले अर्थतन्त्रको प्राथमिकताका क्षेत्रहरूलाई हानि पुरÞ्याउने र ग्रामीण अर्थतन्त्रमा ऋण प्रवाहलाई पनि असर गर्ने बताए।
प्रतिक्रिया दिनुहोस