aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

सुडानमा जातीय दंगामा परी ४८ जनाको ज्यान गयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ मंसिर २०७८
सुडानमा जातीय दंगामा परी ४८ जनाको ज्यान गयो

खार्तोम । सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दंगामा परेर कम्तीमा पनि ४८ जनाको ज्यान गएको बताइएको छ । एक गैरसरकारी संस्थाले सो कुराको जानकारी दिएको छ । सोमबार सो संस्थाले प्रकाशन गरेको विज्ञप्तिमा उक्त क्षेत्रमा २ दिनयता भएका यी जातीय हिंसामा परेर ती नागरिकको ज्यान गएको पाइएको छ । 

अधिकारीहरुले जनाएअनुसार ती क्षेत्रमा स्थानीय जातिबीच झडप भएको थियो । यस झडपका क्रममा हतियारधारी उनीहरुले आपसमा हमला गरेका थिए । दक्षिणी डारफोरको किरानीक भन्ने स्थानमा हतियारधारीहरुले हमला गरेका र त्यसमा परेर ४८ जनाको ज्यान गएको र अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् ।  

सो संस्थाकाअनुसार मृत्यु हुने व्यक्तिको संख्या अझै यकिन हुन सकेको छैन । अरु कैयौँको ज्यान गएको पनि आशंका गरिएको सो विज्ञप्तिमा जनाइएको छ । सिन्ह्वा   

प्रतिक्रिया दिनुहोस