aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

भारतमा मृतकले जिते पञ्चायतको चुनाव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ मंसिर २०७८
भारतमा मृतकले जिते पञ्चायतको चुनाव

एजेन्सी । गत नोभेम्बर २४ मा भएको भारतको एक पञ्चायत निर्वाचनमा विजयी भएका उम्मेदवारहरुलाई प्रशासनका अधिकारीहरुले प्रमाणपत्र हस्तान्तरण गरिरहेका थिए । सोही प्रक्रियामा भारतको खैरा ब्लकको दिपकरहर गाउँपालिकाका अधिकारीहरुले वडा नं. २ को चुनाव जितेका सोहन मुर्मुलाई बोलाए । तर मुर्मुको कुनै ठेगाना थिएन । समाचार एजेन्सी पीटीआईका अनुसार सोहन मुर्मुको मृत्यु नोभेम्बर ६ मा भएको अनुसन्धानले पत्ता लगायो । 

खैरा ब्लक विकास अधिकारी राघवेन्द्र त्रिपाठीले भने, “अनुसन्धानमा हामीले मतदानको १५ दिन अघि मुर्मुको मृत्यु भएको थाहा पायौं ।’’  भारतको बिहार र झारखण्डको सिमानामा अवस्थित दिपाकरहर एउटा यस्तो दुर्गम गाउँ हो जहाँ अधिकांश जनजातिको बसोबास गर्छन ।  यस गाउँमा लामो समयदेखि बसोबास गर्ने मानिसहरु बताउँछन् कि यो गाउँ नै पहिलो पटक नक्सल गतिविधिको शिकार भएका थिए । 

केही वर्षअघि गृह मन्त्रालयले जारी गरेको सूचीअनुसार कट्टर वामपन्थी अतिवादबाट पनि यो गाउँ सबैभन्दा बढी प्रभावित भएको थियो । तर त्रिपाठीका अनुसार यस गाउँका जनता अझै पनि एकदमै प्रत्यक्ष रुपमा भावुक छन् ।

त्रिपाठी भन्छन्, ‘विपक्षीलाई २८ मतले पराजित गरेका मुर्मुका परिवारले बिरामी मृतकको अन्तिम इच्छा चुनाव जित्ने भएको बताए । यस्तो अवस्थामा उनी चुपचाप बसे र गाउँका कसैले केही भनेनन् । उनको अन्तिम इच्छालाई सम्मान गर्न सबैले उनको पक्षमा मतदान गरेको देखिन्छ ।

यसपछि थप कारबाहीबारे बताउँदै त्रिपाठीले भने, ‘विजेताको प्रमाणपत्र अरू कसैलाई दिन पाइँदैन । यस वडाको निर्वाचन रद्द गरी फेरि निर्वाचन गराउन प्रदेश निर्वाचन आयोगलाई अनुरोध गरेका छौंं ।”
 

प्रतिक्रिया दिनुहोस