एजेन्सी । विश्वका धनी अर्बपति अमेरिकन व्यापारी इलोन मस्कले आफ्नो विद्युतीय गाडी विक्रिका लागि विश्वभरी नै कर छुटका माग गरेका छन् । उनको विद्युतीय गाडी टेस्लाका लागि भारतीय बजारमा विक्रीका गर्न कर छुट मागेका कारण समस्यामा फसेको छ ।
उनले विद्युतीय गाडीमा अनुदान दिन भारत सरकारसँग बारम्बार माग गरिरहेका छन् । तर, अनुदानका सम्बन्धमा मस्कको दोहोरो चरित्र देखाएको भन्दै भारतले भने आफ्ना सर्त अघि सारेको छ । उनीले आफ्ना कारहरू विक्रीका लागि भारतमा सब्सिडी लिन चाहन्छन् तर अमेरिकामा उनीहरू अनुदानको विरुद्धमा छन् । उनले अमेरिकी कंग्रेसले विद्युतीय सवारी साधन (ईभी) को लागि अनुदान बढाउने विधेयकलाई अनुमोदन नगर्ने बताए ।
अमेरिकी बिडेन प्रशासनले अमेरिकामा विद्युतीय सवारी साधनमा थप ४,५०० डलर कर प्रोत्साहन दिने बिल तयार गरिरहेको थिए । यस्तो अवस्थामा मस्कले डब्ल्यूएसजे सीईओ काउन्सिल समिटमा यो विधेयक पारित हुन नहुने बताए । मस्कले सबैले अनुदानबाट छुटकारा पाउनु पर्ने बताए । यसलाई हटाउन सरकारले पहल गर्नुपर्छ । अनुदान भनेको देशको प्रगतिको बाधक हो । उनले डेमोक्र्याटहरूले अर्बपतिहरूमाथि लगाएको करको पनि विरोध गरेका थिए ।
अहिले भारतीय बजारमा विदेशी विद्युतीय कारमा ६० देखि १०० प्रतिशत कर लाग्ने गरेको छ । उदाहरणका लागि, देशमा ४०,००० डलर (लगभग ३० लाख रुपैयाँ) सम्मको विद्युतीय कारमा ६० प्रतिशतसम्म कर लगाइएको छ । यो भन्दा बढी मूल्यमा शत प्रतिशत कर लगाइन्छ।
भारतको केन्द्रीय सडक यातायात र राजमार्ग मन्त्री नितिन गडकरीले सब्सिडीका लागि मेक इन इन्डिया अभियानको एक हिस्साको रूपमा भारतमा नै कार एसेम्बल गर्नुपर्ने स्पष्ट पारेका छन्।
प्रतिक्रिया दिनुहोस