aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

बंगलादेशकी चर्चित नायिकालाई बलत्कारको धम्की दिने मन्त्रीको पद गयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ मंसिर २०७८
बंगलादेशकी चर्चित नायिकालाई बलत्कारको धम्की दिने मन्त्रीको पद गयो

एजेन्सी । बंगलादेशकी चर्चित अभिनेत्रीलाई फोनमा बलात्कारको धम्की दिने त्यहाका सूचना तथा प्रसारण मन्त्री मुराद हसनले मंगलबार पदबाट राजीनामा दिएका छन् । मुरादलाई हालै मन्त्री मुराद हसनले दुईवटा आरोप लगाइएका थिए । 

ती दुवै महिला दुव्र्यवहारसँग सम्बन्धित आरोप थिए । एक घटनामा उनले अभिनेत्री माहिया माहीलाई फोनमा बलात्कारको धम्की दिएका थिए । यसपछि पूर्वप्रधानमन्त्री खालिदा जियाकी नातिनीका बारेमा सार्वजनिक रूपमा अश्लील टिप्पणी गरिएको थिइन ।

मिडिया रिपोर्टका अनुसार प्रधानमन्त्री शेख हसिना मुरादसँग निकै रिसाएकी थिइन् । मन्त्री र नायिकाबीचमा पहिले नै धेरै मामिलामा विवादित थिए । उनले हसनलाई राजीनामा दिन आग्रह गरेकी थिइन् ।  रिपोर्टका अनुसार शेख हसिनाले मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरूको दुव्र्यवहारलाई कुनै पनि हालतमा सहन नहुने स्पष्ट पारेकी थिइन् ।

ढाका ट्रिब्यूनका अनुसार मन्त्री मुराद हसनले हालै अभिनेत्री माहिया माहीसँग फोनमा कुराकानी गरेका छन् । महियालाई मन्त्रीले बलात्कारको धम्की दिएको अडियो सामाजिक सञ्जालमा बाहिरिएको थियो । 

केही दिनअघि मुरादले देशकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाकी नातिनीलाई लिएर अश्लील र अपमानजनक टिप्पणी गरेका थिए । लण्डनमा बस्ने जियाकी नातिनीले मुरादको केही अघिका भनाइको आलोचना गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस