
काठमाडौं । दुई जना उद्योगपति नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्न नपाउने भएका छन् । उद्योगी उमेश श्रेष्ठ र विनोद चौधरी केन्द्रीय सदस्यमा प्रतिस्पर्धामा गर्न नपाउने भएका हुन। कांग्रेसको विधान अनुसार केन्द्रीय सदस्य पदमा उम्मेदवार बन्नका लागि क्रियाशिल सदस्याता लिएको १० वर्ष हुनपर्ने व्यवस्था रहेको छ ।
लामो समयसम्म कम्युनिष्ट कार्यकर्ता रहेका नेपालका एक मात्र अर्बपति चौधरी र श्रेष्ठ दुवैको कांग्रेसमा क्रियाशील सदस्यता लिएको १० वर्ष पूरा भएको छैन। उमेश श्रेष्ठ दोस्रो संविधानसभा भन्दा केही समयअघि कांग्रेसको क्रियाशील सदस्यता लिएका थिए भने चौधरी दोस्रो संविधानसभाको समयमा कांग्रेस प्रवेश गरेका थिए।
प्रतिक्रिया दिनुहोस