aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

विश्वका शक्तिशाली महिलाको सूची सार्वजनिक, म्याकेन्जी स्कट पहिलो स्थानमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ मंसिर २०७८
विश्वका शक्तिशाली महिलाको सूची सार्वजनिक, म्याकेन्जी स्कट पहिलो स्थानमा

एजेन्सी । विश्वको चर्चित म्यागजिन फोब्र्सले प्रकाशित गरेको १०० शक्तिशाली महिलाको सूचीमा म्याकेन्जी स्कट पहिलो स्थानमा परेकी छिन् । म्याकेन्जी स्कट विश्वको दोस्रो धनी व्यक्ति अमेजन समूहका मालिक जेफ बेजोसकी पूर्व पत्नी हुन् । सन् २०१९ मा दुवैको सम्बन्धविच्छेद भयो । 

नम्बर २ अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस भएकी छिन । जो अब एक स्थानमाथि उक्लिएकी छिन् । युरोपेली केन्द्रीय बैंककी अध्यक्ष क्रिस्टिन लागार्ड ३ नम्बरमा छिन् । स्टारबक्सका पूर्व प्रमुख अपरेटिङ अफिसर रोजालिन्ड ब्रेवरलाई जसले मार्चमा वालग्रीन्सको नेतृत्व लिइन  र हाल एस एन्ड पी ५०० कम्पनी चलाउने एक मात्र काली महिला हुन । स्थान बढेर १७ नम्बरमा पुग्यो ।   बायोटेक सहसंस्थापक र इम्युनोलो जिस्ट ओज्लेम टुरेसी  यस वर्ष ४८ औं नम्बरमा पर्ने व्यक्तिहरूमध्ये एक हुन् । 

त्यस्तै, अर्थमन्त्री निर्मला सीतारमणलाई विश्वका १०० शक्तिशाली महिलाको सूचीमा समावेश गरेको छ । उनी ३७ औं स्थानमा छन् । निर्मला सीतारमणले लगातार तेस्रो पटक ‘विश्वका १०० शक्तिशाली महिला’ को सूचीमा स्थान पाएकी छिन् । 

न्याकाको संस्थापक र सीईओ फाल्गुनी नायरलाई पनि फोब्र्सले संसारको १०० सबैभन्दा शक्तिशाली महिलाको सूचीमा राखेको छ । उनले यो सूचीमा ८८औँ स्थान पाएका छन् । फाल्गुनी नायर हालै शेयर बजारमा आफ्नो कम्पनीको उत्कृष्ट डेब्यू गरेपछि भारतको सातौं महिला अर्बपति बनेकी छिन् । 

अर्थमन्त्री सीतारमण र फाल्गुनी नायरबाहेक फोर्ब्सले यो सूचीमा भारतकी अर्की महिलालाई पनि राखेको छ । एचसीएल टेक्नोलोजीकी चेयरपर्सन रोशनी नाडर ५२औँ स्थानमा छिन् । रोशनी नाडर देशमा आईटी कम्पनीको प्रमुख हुने पहिलो महिला अधिकारी हुन् । 

 फोर्ब्सले बायोकनकी संस्थापक तथा कार्यकारी अध्यक्ष किरण मजुमदार शालाई पनि यस सूचीमा समावेश गरेको छ र उनलाई ७२ औं स्थानमा राखेको छिन । एचसीएल टेक्नोलोजीकी अध्यक्ष रोशनी नाडर फोर्ब्सले विश्वका १०० सबैभन्दा शक्तिशाली महिलाको सूचीमा ५२ औं स्थानमा परेकी छन् । एचसीएल टेक्नोलोजीकी अध्यक्ष रोशनी नाडर फोर्ब्सले विश्वका १०० सबैभन्दा शक्तिशाली महिलाको सूचीमा ५२ औं स्थानमा परेकी छन् ।
 

प्रतिक्रिया दिनुहोस