
काठमाडौं । चाबहिल–जोरपाटी–साँखुको सडक निर्माण सडक विभागले नगरेपछि गोकर्णेश्वर नगरपालिका मेयर चालिसेले नै बनाउने घोषणा गरेका छन् । गोकर्णेश्वरका मेयर सन्तोष चालिसेले भने‘ सडक विभागलाई ८४ करोडमा बनाउको लागि ठेक्का दिएपछि सबै काम सडक विभागले नै गर्नु पर्छ । आज आएर ढलको पाइपमाथि दोष थुपारेर जान पाइदैन् । यदि बनाउन सक्दैन भने सक्दिन भनोस मेरो नगरको सडक मै बनाउछु’ ।
सडक विभागले ठेक्का लिएपछि ढलको पाइप हाल्नेदेखि सबै कामको जिम्मेवारी लिनु पर्ने चालिसेको भनाई छ । सडक विभागले चाबहिल जोरपाटी सडकको काम अब नयाँ पाइप नहालेसम्म बनाउन नसक्ने बताएको छ ।
उनले अब बौद्ध पिपलबोटदेखि सुन्दरी जलसम्मको बाटो नगरले नै निमार्ण गर्नेको लागि १० करोड रूपैयाँ छुट्याएको बताए । असार मसान्तसम्म निर्माण सम्पन्न भइसक्ने गरी चार वर्षअघि ठेक्का सम्झौता भएको चाबहिल–जोरपाटी–साँखु १२ किलोमिटर सडक अहिलेसम्म ५० प्रतिशत भौतिक प्रगतिमै अड्किएको उनले भनाइ रहेको छ ।
काठमाडौें बौद्ध जोरपाटीमा सडक मुनिबाट ढलको पाइप भएकोले यो पाइप कम्सल भएको र बेला बेलामा पाइप फुटेर पानी सडकमा आउन र बाटो हिलाम्य हुने गरेकोले नयाँ पाइप हाल्नु पर्ने सडक विभागको भनाइ छ ।
जबसम्म सडक मुनि रहेका पाइप फेरिदैन तबसम्म बौद्ध जोरपाटीको अवस्था त्यस्तै रहने सडक विभागको जनाएको छ । बौद्ध जोरपाटीका बासिन्दाले आन्दोलन गरेपछि ग्रावेल गरी कालोपत्रे गर्न शुरू गरिएको थियो । तर, टुसाल चोकबाट बौद्ध गेटसम्म आँखोमा छारो हाल्ने काम गरेर त्यहीँ रोकिएको छ । त्यो भन्दा अगाडि निर्माण कार्य अगाडि जान सकेको छैन ।
वर्षायामलागेसँगै जोरपाटी साँखु सडक हिड्नलायक छैन । पानी पर्दा हुने हिलोे निकास नहुँदा पोखरी जम्ने र सडकमाथिबाटै ढल बग्ने गरेकोले सडकको यो अवस्था भएको हो ।
प्रतिक्रिया दिनुहोस