aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

२ किलो अवैध सुन सहित १ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ साउन २०७६
२ किलो अवैध सुन सहित १ जना पक्राउ

 काठमाडौं । २ केजी अवैध सुन सहित एकजना प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिबार भैरहवाबाट काठमाण्डौं तर्फ आउँदै गरेको लु.२ ख ६५२  नम्बरको यात्रु बाहक बसबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

महानगरीय प्रहरी वृत्त थानकोट समेत बाट खटिएको प्रहरी टोलिले चन्द्रागिरी नगरपालिका २ नागढुगा स्थित चेकजाँच गर्ने क्रममा  रसुवा गोसाईकुण्ड स्याफ्रोबेशी निवासी  भिम बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।  कालो टेपले बेरि सेतो पोलिथिनमा राखि सेतोमा रातो बुट्टा भएको कपडाले आफ्नो कम्मरमा बाँधी ६ से.मि.लम्बाई र ११ से.मि. गोलाई  भएको पहेलो धातु थान २ फेला सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । 

 महानगरीय प्रहरी वृत्त थानकोट बाट तथा राजश्व अनुसन्धान बिभाग समेतको रोहबरमा परिक्षणको लागी नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघमा पठाईएकोमा छ । उक्त दुई थान सुन जस्तो देखिने धातु सुन नै भएको र तौल २००० ग्राम रहेको भनि परिक्षण रिर्पोटबाट खुल्न आएको प्रहरीले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस