aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

नौं सय जना कर्मचारी निकाल्ने अमेरिकी कम्पनीका सीईओले माफी माग्दै यस्तो भने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ मंसिर २०७८
नौं सय जना कर्मचारी निकाल्ने अमेरिकी कम्पनीका सीईओले माफी माग्दै यस्तो भने

एजेन्सी । अमेरिकी कम्पनी बेटरडटकमका सीईओ विशाल गर्गले जुममा अनलाइन कल गर्दा ९०० कर्मचारीलाई हटाउने घोषणा गरेका थिए । यस विधिका लागि सीईओ विशाल गर्गले कर्मचारीसँग पत्र लेखेर माफी मागेका छन् ।

विशालको त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । जसमा उनले खराब प्रदर्शनको कारण कर्मचारीलाई हटाउने घोषणा गरिरहेका बताएका थिए । उनको सामाजिक सञ्जालमा विश्वभर चर्को आलोचना भएको छ । सायद यो महसुस गर्दै अब विशाल गर्गले माफी मागेका छन् र आफ्नो तरिका गलत थियो र ठूलो गल्ती गरेको स्वीकार गरेका छन् ।

धेरै समाचार एजेन्सीहरूको रिपोर्टका अनुसार विशाल गर्गले कर्मचारीहरूलाई लेखेको पत्रमा भनेका छन्, ‘मेरो निर्णयबाट प्रभावित भएका मानिसहरूलाई मैले पर्याप्त सम्मान र कृतज्ञता व्यक्त गरेको छु। म अझै पनि आफ्नो निर्णयमा अडिग छु, तर त्यसलाई कार्यान्वयन गर्न मैले ठूलो गल्ती गरेको छु। यसरी मैले तिमीलाई लाजमा पारेको छु। जसरी मैले यो समाचारको बारेमा जानकारी गराएँ, परिस्थिति झन् बिग्रँदै गएको मैले महसुस गरें।’

प्रतिक्रिया दिनुहोस