aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

१ महिनामै थन्कियो ११ करोडको ब्रुमर, अब माटो नै शील गर्ने तयारी

  • प्रजिता पाैडेल
    प्रजिता पाैडेल
  • मंगलबार, १० बैशाख २०७६
१ महिनामै थन्कियो ११ करोडको ब्रुमर, अब माटो नै शील गर्ने तयारी

काठमाडौं महानगरपालिकाले बाटोको धुलो सफा गर्ने बु्रमर ल्याएको बु्रमरले सोचेको जस्तो काम गर्ने सकेको छैन । महानगरपालिकाले तामझामका साथ, नयाँ बुहारी भित्र्याए झैं गरि ११ करोड २५ लाख ७८ हजार १ सय ८० रुपैयाँ खर्चेर भित्र्याएको काठमाडौंको सडक सफा गर्ने ‘बु्रमर’ काम नगरि थन्क्याएको छ । 


बु्रमरले सोचे जस्तो काम गर्न नसके पछि अब काठमाडौ महानगरपालिकाले उक्त सडक सफा गर्ने ‘बु्रमर’ काम नगरि थन्क्याएको हो ।
महानगरले अब पुन अर्को उपाय अपनाउँदै ठाउँ ठाउँमा माटो नै शील गर्ने योजना बनाएको छ । रोडमा हातले छुदासमेत हातमा मैल वा माटो नलाग्ने किसिमले रोड सफा राख्न रोड आसपासका क्षेत्रमा माटो नै शील गर्ने तयारी गरेको छ ।

काठमाडांंैमा बु्रमर सञ्चालन गरेको दिन देखि पानी परेको हुनाले सोचेको जस्तो सफल नभएको काठमाडौं महानगरपालीकाका प्रवक्ता इश्वरमान डंगोलले बताए । 

‘बु्रमरले राति  ८ बजे देखि बिहान ४ वजेसम्म सञ्चालन हुने नियम बनाएको थियो । तर बदलिदो मौसमका कारण काठमाडांैमा  छिनमै धुलो कम हुने र छिनमै  बढि हुने गरेकोले पुरा कामगर्न पाएको छैन’ उनले थपे । 

पानी पर्दा  बाटो हिलाम्य हुन्छ र बु्रमर पनि चल्दैन त्यसकारण पानी परेको समयमा विभिन्न ठाउँबाट आउने मोटर, गाडीहरुले ल्याएको हिलो घाम लागेपछि धुलोमा परिणत हुने भएकाले धुलो कम गर्न नसकेको डंगोलको भनाई छ । 
सञ्चालन भैरहेका कलकारखाना र उद्योगहरुलाई पनि बाहिर हिलो र धुलो नआउने गरी सञ्चालन गर्न माहानगरले आग्रह गरेको छ । 

बु्रमरले एक रातमा ८ देखि १० टन फोहोर उठाउने गरेको छ । बु्रमर सञ्चालन गरेदेखि अहिलेसम्म काठमाडौं महानगरपालीका भित्रको २० टन  रोडका धुलो मात्र उठाएको महानगरपालिकाले जानकारी दिएको छ । अहिले सम्म उठाएका फोहोरहरु टेकुमा राखिएको छ । 

अब उठाएका धुलोहरु जहाँ जहाँ खाल्डो परेको छ त्यस ठाउँको लागि प्रयोग गरिने छ । स्वस्थ सफा हराभरा बनाउने उद्देश्यका साथ महानगरपालिकाले सम्बन्धित निकायलाई भनेर तत्कालै  माटोमा सिल गर्ने काम सञ्चालन गर्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस